‘काष्ठमण्डप कप २०२३’ खेलकुद प्रतियोगिता हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काष्ठमण्डप विद्यालयको २०औँ वार्षिकोत्सवका अवसरमा ‘काष्ठमण्डप कप २०२३’ खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बास्केटबल सिनियर छात्रहरू÷सिनियर छात्राहरू र फुटसल १२ वर्षमुनि एवं सिनियर छात्रहरू सहभागी हुनेछन् ।  यसका लागि ५२ टोलीहरू दर्ता भएको आयोजकले जनाएको छ । खेलहरू लिग कम नकआउटका आधारमा खेलाइने बताइएको छ ।

प्रतियोगिताका लागि मिल्सवेरी इन्टरनेसनल स्कुल, संस्कृति इन्टरनेसनल स्कुल, युरो किड्स, जोन डेवी, विल्सन एकेडेमी, स्वस्तिश्री गुरुकुल, राजशी गुरुकुल, रातो बंगला, द एक्सेल्सियर, द चन्दवाग स्कुल, आधार स्कुल, आरआइबिएस, क्याम्पियन, टिआइए, एनसिसी, मातृभूमि, द सेलिब्रेसन कोएड लगायतका स्कुलको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता यही १० गते बुधबारदेखि १७ गतेसम्म हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?