सोमालियामा भएको आत्मघाती आक्रमणमा १३ बढीको मृत्यु ४५ घाइते

Read Time = 2 mins

मोगादिसु । मध्य सोमालियामा भएको आत्मघाती आक्रमणमा १३ जनाभन्दा बढीको निधन भएको पुष्टि भएको छ । अन्य ४५ जना घाइते भएका छन् । एकजना आत्मघाती हमलाकारीले विष्फोटक पदार्थले भरिएको ट्रकलाई शनिबार बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काउँदा भवन भत्किएको छ । भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्दार जारी रहेकाले ज्यान गुमाउनेको संख्या बढ्नसक्ने सुरक्षा अधिकारीले बताएका छन् ।

प्रहरी अधिकारीले आइतबार एएफपीलाई बताए अनुसार ज्यान गुमाउनेको संख्या १३ नाघेको छ । तर, उनले मृतकको यकिन अंक बताउन सकेनन् ।

विष्फोट भएको ठाउँमा खोजी जारी छ । भग्नावशेषबाट शव निकाल्न नरोकिएकाले वास्तविक मृतकको संख्या बताउन कठिन भएको उनले जनाए ।

सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले आक्रमणमा परी ज्यान गुमाएकाहरूका परिवारजनप्रति शोक प्रकट गर्दै आफ्नो सरकारविरुद्ध लागेको अतिवादी समूह अल–शबाब लडाकूहरूलाई परास्त गरेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘यस्ता घटनाहरूले हामीलाई आतंकवादीहरूलाई निर्मूल गर्ने अभियानबाट कहिल्यै रोक्न सक्दैनन्’, उहाँले एक विज्ञप्तिमा भन्नुभएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?