विषादीयुक्त केमिकलले स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा सञ्चालित श्याम लेमिनेटस प्रा.लि.बाट निस्केको विषादीयुक्त केमिकलबाट स्थानीयबासीको श्वासप्रश्वासमा समस्या देखिएको भन्दै उद्योग बन्द गर्न माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।

उद्योगको धुँवा प्रदुषणले गाईवस्तु तथा सिंचाईमा प्रयोग हुने बघेला खोलाको पानी समेत प्रदुषित भएको हुँदा उक्त उद्योग बन्द गर्न माग गर्दै स्थानीयले रोहिणी गाउँपालिकाको कार्यालयसहित विभिन्न निकायलाई ज्ञापनपत्र बुझाएकाहुन् ।

यसअघि पनि उद्योग सम्बन्धी उजुरी समेतमा कारवाही नभएको तथा सुधार नभएकोले समस्या समाधान र आवश्यक कारवाहीका लागि ज्ञापनपत्रमार्फत् माग गरिएको नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटी सदस्य समेत रहनुभएका स्थानीय प्रदिपकुमार पाण्डेले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?