जुम्ला विमानस्थललाई थप विस्तार गरिँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । माथिल्लो कर्णालीका स्थानीयवासिको सहजै पहुँच भन्दा बाहिर रहेको सेवा हो हवाईसेवा । स्थानीयवासिलाई भने अनुसार जहाजको टिकट पाउन निकै मुस्किल हुने गरेको छ ।

जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थल संघीय सरकारको बजेटमा थप विस्तार हुने भएको छ । सरकारले बजेट विनियोजित गरेपछि विमानस्थल विस्तारको काम अगाडि बढेको जुम्लाका प्रतिनिधि सभा सदस्य छिरिङ ल्यामु लामा तामाङले जानकारी दिनुभयो ।

विमानस्थल विस्तारका लागि बजेट विनियोजन भएकाले अर्थ मन्त्रालयले नागरिक उड्डयन कायर्यालय जुम्लालाई आवश्यक समन्वयका लागि निर्देशन दिएसँगै विमानस्थल विस्तारको बाटो खुलेको हो । मन्त्रालयले विमानस्थल विस्तारका लागि चार करोड बजेट विनियोजन गरेको छ ।

गत आार्थिक वर्ष विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । यद्यपि उक्त बजेट खर्च नभएर फ्रिज भयो । लामो समयदेखि विमानस्थल विस्तारको बहस चलेपनि काम हुन सकेको थिएन । चालु आव २०८०/८१ मा अर्थ मन्त्रालयले ४ करोड ४२ लाख ४७ हजार ७८७ रुपैया विनियोजन गरेसंगै विमानस्थल विस्तारमा कामलाई गति दिने सम्बन्धि निकायलाई भनिसकेको सांसद तामाङको भनाइ छ ।

जुम्ला विमानस्थल हाल ६७० मिटर लम्बाई, २० मिटर चौडाई सम्म छ । नेपाल नागरिक उड्यन प्राधिकरणले अर्थ मन्त्रालय मार्फत विमानस्थल विस्तारका लागि बजेट विनियोजन भईसकेकोले आवश्यक समन्वय गर्न नागरिक उड्यन कार्यालय जुम्लालाई निर्देशन दिएको छ । हाल विनियोजिच ४ करोड ४२ लाख बजेट बाट धावन मार्ग विस्तार,जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण गरिने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताउनुभयो ।

अप्रोनदेखि जहाज सम्म जाने बाटो (ट्याक्सी वय)लगायतका संरचना निर्माण हुनेछन् । तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएपनि चाडै केहि रकम विनियोजन हुने आशामा रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । लामो प्रतिक्षापछि जुम्ला विमानस्थल विस्तारको बाटो खुलेपछि यहाँका स्थानीयवासिमा सहज रुपमा हवाई सेवा पाउनेमा विश्वास रहेको स्थानीयवासि बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?