ब्रिटिस काउन्सिलले सुरु गर्‍यो वन स्किल रिटेक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ब्रिटिस काउन्सिल आइइएलटिएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सीपमा दोहोर्‍याएर परीक्षा दिन पाइने सुविधा) सुरु गरेको छ । यस सुविधासँगै अब पहिलोपटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीले सबै खालका सीपमा दोहोर्‍याएर परीक्षा दिनुपर्ने झन्झट बेहोर्नुपर्ने छैन ।

वन स्किल रिटेकमा आइइएलटिएस परीक्षाको एउटा खण्डको मात्रै दोहोर्‍याएर परीक्षा दिन पाइने भएकाले विद्यार्थी सफल हुने सम्भावना बढ्नेछ । सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै सीपको परीक्षामा पनि उक्त अवसर प्राप्त हुनेछ ।

परीक्षाको ढाँचा र समय सामान्य आइइएलटिएस परीक्षामा व्यक्तिगत सीप जाँचे जस्तै हुनेछ तर परीक्षार्थीले अन्य तीन सीपको परीक्षा दिन भने आवश्यक हुने छैन । जसले गर्दा समयको बचत हुनेछ ।

आइइएलटिएस प्रयोगकर्ताको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर सुरू गरिएको ब्रिटिस काउन्सिलका आइइएलटिएस निर्देशक एन्ड्रियु म्याकेन्जीले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीले परीक्षामा उत्कृट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?