विद्यालय दूध दिवसमा विविध कार्यक्रम

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नियमित दूध सेवन, बालबालिकाको स्वस्थ जीवन भन्ने नाराका साथ नवौँ विश्व विद्यालय दूध दिवस मनाइएको छ । विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरी दिवस मनाइएको हो । पूर्वमन्त्री पम्फा भुसालको उपस्थितिमा आयोजित कक्षा तीनदेखि १० सम्म खुला कविता प्रतियोगितामा करिब २० वटा विद्यालयबाट ४० विद्यार्थीको सहभागिता थियो ।

उत्कृष्ट पाँच विद्यार्थी पुरस्कृत भएका थिए । दिव्यज्ञान स्कुलकी छात्रा एलिसा विक पहिलो, सूर्योदय माध्यमिक विद्यालयकी छात्रा प्रिन्सा कपाडी दोस्रो, सेन्ट जर्ज इन्टरनेसनलकी छात्रा सलिना कार्की तेस्रो, मेगा पब्लिक स्कुलकी छात्रा साक्षी रिमाल र पूर्णचण्डी माध्यमिक विद्यालयकी छात्रा रूपा कार्कीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

सो अवसरमा मन्त्री भुसालले कृषि क्षेत्रमा पनि दुग्ध क्षेत्रको ठूलो भूमिका रहेकाले दूध क्षेत्रको प्रवद्र्धनमा सबैले जोड दिनुपर्ने बताउनुभयो । दूध एक पौष्टिक आहार भएकाले बालबालिकाले खानामा अनिवार्य दूध सेवन गर्न आग्रहसमेत गर्नुभयो । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दुग्ध क्षेत्रको समस्या समाधानका लागि सहकार्यमा जोड दिनुभयो । कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सूर्यप्रसाद पौडेल, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सञ्जीव झा, केन्द्रीय दुग्ध सहकारी संघका महासचिव राम आचार्यलगायत नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहाललगायतले पनि दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि सहकार्यमा जोड दिएका थिए ।

सरोकारवाला निकाय राष्ट्रिय दूग्ध विकास बोर्ड, पशु सेवा विभाग, दूग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपक्षी तथा मत्स्य सहकारी संघ, डेरी उद्योग संघ, रोटरी क्लब अफ कपन, परिवर्तनका लागि सौर्य समाज र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज) सँगको सहकार्यमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कार्यक्रममा सौर्य समाजका अध्यक्ष रमिला श्रेष्ठ, एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरे, केन्द्रीय उपाध्यक्ष मनोज घिमिरे, दिपप्रसाद धमला, कार्यक्रम संयोजक एवं एसोसिएसनका केन्द्रीय सदस्य शिव घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

एसोसिएसनले अन्य प्रदेशहरूमा विभिन्न कार्यक्रम गरी विश्व विद्यालय दूध दिवस मनाएको एसोसिएसनका अध्यक्ष दाहालले जानकारी दिनुभएको छ । विश्वमा सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्व विद्यालय दूध दिवस मनाइँदै आएको छ । तथ्यांकअनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८७ लिटरमात्र सेवन हुने गरेकाले आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि ९२ लिटर पु¥याउन आवश्यक रहेको एसोसिएसनका अध्यक्ष दाहालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?