दुई दिनमा १७ हजारले हेरे फर्निचर एक्स्पो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ‘के हामी आत्मनिर्भर छौँ ?’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएकोे फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । इन्द्रजात्राका अवसरमा भएको बिदाका कारण एक्स्पोको दोस्रो दिन बिहीबार अवलोकनकर्ताको चाप देखिएको हो । बिहीबार साँझसम्ममा १७ हजारले एक्स्पोको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

फर्नेक्स २०२३ को आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव एवं एक्स्पोका प्रवक्ता सञ्जय लामाका अनुसार दोस्रो दिन १० हजारभन्दा धेरैले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पो सुरु भएको दिन बुधबार पनि सात हजारले अवलोकन गरेका थिए । आइतबारसम्म चल्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको लामाले बताउनुभयो ।

एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ भने प्रेष्टिज कार्पेट एसोसिएट पार्टनर रहेको छ । एक्स्पोको पावर्ड बाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले इण्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रिज, सरावगी ओभरसिज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।

१०० भन्दा बढी स्टलहरू रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी दिनुका साथै बिक्रीवितरण गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?