आज विश्व मुटु दिवश मनाइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवश विश्वभरि नै यो दिवश मनाइँदै आइएको छ । विश्व मुटु दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो ।

सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।

वर्ष २०२३ मा विश्व मुटु दिवसको नारा चाहिँ  Use Hearth , Know Heart रहेको छ । यसको अर्थ हरेक मुटुलाई प्रयोग गरौं र मुटुलाई चिनौं भन्ने लाग्दछ । हृदय एक मात्र अङ्ग हो जुन तपाईँले सुन्न र महसुस गर्न सक्नुहुन्छ। यो जीवनको पहिलो र अन्तिम सङ्केत हो। हामी सबैलाई मानिसको रूपमा एकताबद्ध गर्न सक्ने क्षमता भएका केही चीजहरूमध्ये यो एउटा हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?