एमसीसी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी)की प्रमुख कार्यकारी अधिृकत एलिस अल्ब्राइट नेपाल आउने भएकी छन् ।

आउँदो आइतबार उनी पाँचदिने नेपाल भ्रमणमा आउन लागेकी हुन् ।  नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै उनी काठमाडौं आउन लागेकी हुन् ।

एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन् ।

उनीहरूले एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव गरेपछि उनी नेपाल आउन लागेकी हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?