प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान’ भन्ने मूल नाराका साथ नियमित कार्यतालिका अनुसार विजयादशमी-२०८० को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ । आमरूपमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो ।

यस अवसरमा उहाँले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गरिएको बताउनुभयो । प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पुर्‍याउने लक्ष्य राखेको उहाँले जानकारी गराउनुभयो । प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शन, इतिहास, सामाजिक शास्त्र, कला र विज्ञानलगायत पुस्तकहरू राखिएका छन् । प्रदर्शनीमा शब्दकोश बाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा विक्री गर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?