अर्जुन पोखरेलको शब्द तथा संगीतमा ‘मनको धनी’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीत ‘मनको धनी’ सार्वजनिक भएको छ । दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जात र धर्मभन्दा मानवता ठूलो भन्ने विषयलाई प्रस्तुत गरिएको भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

भिडियोमा अर्जुन पोखरेल आफंैले निर्देशन गर्नुभएको हो । गीत डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । चलचित्रमा संगीतमा सर्वाधिक रुचाइनुभएका संगीतकार पोखरेलका सुगम संगीतले पनि श्रोता/दर्शकको उत्तिकै माया पाउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?