एमाले बाग्मतीको अध्यक्षमा ढुंगेल निर्वाचित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अधिवेसन सुरू भएको ५ दिन पछि नेकपा एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ । गत असोज ९ गतेबाट सहमतिको प्रयास गरे पनि बिफल भए पछि मतदान प्रक्रियामा गएको एमालेले बाग्मतीले अधिवेसन सुरू भएको पाँच दिन पछि नयाँ नेतृत्व पाएको हो ।

जसअनुसार अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका दुइ मध्ये कैलाश ढुंगेल अन्तत भारी मतसहित निर्वाचित भएर नेतृत्वमा आएका छन । शुक्रबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रामेछापका ढुंगेलले ६९६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले जम्मा ४३९ मतमा सिमित भएका छन ।

यसैगरी, ६१५ मत सहित उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन भने सचिवमा १ मत बढी प्नाप्त गरी ललितपुरका नवराज सिलवाल विजयी भएका छन् । पुर्ब बरिष्ठ प्रहरी अधिकृत सिलवालले ५६८ मत प्राप्त उनका प्रतिस्पर्धी हस्त पण्डितले जम्मा १ मतले पछि पर्दै ५६७ मतमा सिमित भएका हुन ।

उपसचिवमा प्रेम कुमार महर्जन ५९९ मतसहित र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ । साथै, लेखा आयोग अध्यक्ष श्याम कृष्ण श्रेष्ठ बिजयी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?