एमाले कर्णाली अधिवेशन: पाँच पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्षका उम्मेदवार मध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराउनु भएको थियो । जसअनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिनुभयो ।

कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?