यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

शनिवार पाकिस्तान फाइनलमा भारतसँग पराजित भएको हो । दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले हराएको हो ।

खेलको ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन गोल व्यहोरेको थियो । खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए । डिबक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत बनेको थियो । खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि भारत जित नजिक पुगेको हो ।

इन्जुरी समयमा किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?