दिल्लीस्थित अफगानी दूतावास बन्द

Read Time = 2 mins

नयाँदिल्ली । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको छ । अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिबार जारी विज्ञप्तिमा जनाइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा ‘भारत सरकारको असहयोग, दिल्लीमा अफगानिस्तानको राष्ट्रिय स्वार्थ भारतमा प्रवद्र्धन गर्न अक्षम भएको तथा कर्मचारी एवं अन्य आवश्यक स्रोतको अभावमा दूतावास बन्द गर्नुपरेको’ उल्लेख छ ।

भारतले अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिएको छैन । त्यहाँ तालिवान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ । जुन २०२२ मा नयाँदिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोलीमात्र परिचालन गरेको छ ।

यही असोज ८ गते भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द हुने जानकारी दिएको थियो । रासस÷एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?