आगामी आर्थिक वर्षमा अरु क्षेत्रको कटौति गरेर भएपनि खेलकुदमा बजेट बढाउने अर्थमन्त्रीको प्रतिवद्धता

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शनिवार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताउनु भयो । उहाँले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने बताउनु भयो । उहाँले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको बताउनु भयो । उहाँले क्रिकेट अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउने महत्वपूर्ण विधा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रिकेटलाई थप प्रोत्साहन गर्न हामी राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु पनि निर्माण गर्ने निर्णय नेपाल सरकारले गरेको छ । क्रिकेट खेलमा सहभागी खेलाडीहरुलाई पनि हामी अन्तर्राष्ट्रिय स्तरमा सहभागी खेलाडीहरु विभिन्न टुर्नामेण्टमा सफल खेलाडी र टिमलाई पनि हामी पुरस्कृत गर्दै आएका छौँ । आउने दिनमा पनि गर्दै जानेछौँ । नेपाल सरकारले आउने दिनमा खेलमा थप बजेट विनियोजन गर्छ । समग्रमा क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा नेपाललाई पहिचान गराउने महत्वपूर्ण विधा भएकाले त्यसमा पनि हामी खर्च बढाउँछौँ । सरकार मन्दीबाट बिस्तारै उत्रिन खौज्दैछ । श्रोत र साधनको सिमितता छ । माध धेरै छ, आवश्यकता धेरै छन् । अरु क्षेत्रको बजेट कम गरेर भएपनि हामी खेलकुद क्षेत्रमा आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट थप्छौँ । त्यसमा सबैभन्दा ज्यादा बजेट क्रिकेटमा प्रोत्साहन गर्न र अघि बढाउन खर्च गर्नेछौँ ।’

अर्थमन्त्री महतले सरकार मन्दीबाट बिस्तारै उठिरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?