अखिलका कार्यकर्ताले गरे एमालेको कर्णाली अधिवेशनकाे मतगणनास्थलमा तोडफोड र नाराबाजी

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणनास्थलमा तोडफोड र नाराबाजी भएको छ ।

जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड र नाराबाजी गरेका हुन् । तोडफोडबा सुर्खेत सिटी हल प्रवेशद्वारका सिसा फुटेका छन् ।

मतगणना स्थल प्रवेशका विषयमा अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष रहेका सत्य शाही र प्रहरी बिच विवाद भएको थियो । विवादपछि प्रहरीले शाहीलाई पक्राउ गरेपछि अनेरास्ववियुका कार्यकर्ताले तोडफोड र नारावाजी गरेका हुन् ।

शाही प्रहरी नियन्त्रणबाट मुक्त भैसकेका छन् । एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीको आन्तरिक चुनावमा आफ्नै कार्यकर्ताहरुबाट असुरक्षित हुने भए सिटी हल बाहिरको मैदान खाली गरिदिने चेतावती दिएपछि अहिले विवाद साम्य भएको जनाइएको छ ।

एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत सोमबार मतगणना भइरहेको छ ।

घटनापछि मतगणनास्थलमा प्रहरीको उपस्थिती बढाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?