बीपीको मर्म अनुसार नै संविधान बनेको छ, कार्यान्वयनमा लाग्यौं  : पूर्वराष्ट्रपति यादव 

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी ।  पूर्व राष्ट्रपति रामवरण यादवले बीपीको मर्म अनुसार संविधान मार्फत नेपालको राजनीतिक व्यवस्था परिवर्तन भएको बताउनु भएकाे छ।

प्रतापपुर गाउँलिकाले आज आयोजना गरिएको ११० औं जन्म जयन्तीको अवसरमा बि.पि. कोइरालाकाे  शालिक  अनावरण गर्ने कार्यक्रममा नवलपरासी आउनु भएकाे यादवले राजनीतिक परिवर्तन भएको र अब आर्थिक परिवर्तनका लागि दलहरु लाग्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयाे,- "बीपी कोइरालाको मर्म अनुसार संविधान आएको छ । सबै दलहरु मिलेर कार्यान्वयनमा लाग्नु पर्नेछ । भारत, अमेरिका लागायतका राष्ट्रमा पनि पटक पटक संविधान संशोधन भएको छ । संविधान संशोधन गरि समय सापेक्ष गराउन सकिन्छ ।"

आर्थिक समृद्धिका लागि प्रकृतीलाइ प्रयोग गर्ने सकिने बताउँदै उहाँले भन्नुभयाे, " बि.पि कोइरालाले प्रकृतीलाई संरक्षण गरि प्रकृति सँग रमाउन सके नेपालको आर्थिक विकास हुन्छ । त्यसैले हामीले प्रकृतीको दोहन नगरी सरक्षण गर्नु पर्छ ।"

पछिल्लो समयमा देशको बिकासका नाउमा प्रकृतीको दोहन भएको बताउदै उहाले नेपालले चुरे पहाडको सरक्षण गर्ने सक्नु पर्ने बताउनु भयो । यादवका अनुसार चुरे पहाडलाई सरक्षण गर्न सके पर्यटन भित्र्याइ देशको आर्थिक बिकास गर्ने सकिन्छ । यादव भनुहुन्छ-" चुरे पहाडलाई सरक्षण गर्न नसके अन्नको भण्डार भनेर चिनिने तराई मरुभूमि हुन्छ ।"

कार्यक्रममा पुर्व मन्त्री एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिह पुन र संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले समाजवादका प्रवतक महामानव  बिपि कोइराला राष्ट्रिय व्यक्तित्व भएको बताउँदै कोइरालाको योगदानको उच्च मुल्यांकन गर्दै प्रतापपुर गाउपालिकाले सबै पार्टीका व्यक्तित्वलाइ राखेर शालिकको अनावरण  गर्ने सफल भएकोमा गाउपालिकालाइ बधाई दिनु भयो ।

कार्यक्रममा जसपाका केन्द्रिय सदस्य राम बच्चन यादव र नेकपा माओवादीका केन्द्रिय सदस्य एव पुर्व स्थानीय बिकास राज्य मन्त्री घनश्याम यादव बि.पि.ले देशको अवस्था र व्यवस्थाका बिषयमा सोचेको बताउँदै बिपिको सोच अनुसार ब्यवस्थामा परिवर्तन भयो तर अवस्थाको पुरा भएको छैन अवस्थामा परिवर्तन गर्नुपर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेश सभा सदस्य बिस्वप्रेम पाठकले बि.पि. कोइरालाले देश सुसाशनको मार्गमा हिड्नु पर्ने  बताउँदै बि.पिको सोच अनुसार देशलाई सुशासनको मार्गमा डोर्‍याउनु आजको आवश्यकता रहेको बताउनु भयो ।

जिल्ला समन्वय भगौती प्रसाद यादव, नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुन पोख्रेल, नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव र उपाध्यक्ष मान कुमारी चौधरी लगायतले बोल्दै बि.पि कोइराला राष्ट्रिय व्यक्ति भएको र उहाले देखाएको बाटोमा देश हिड्नु पर्ने आवस्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा प्रतापपुर गाउँपालिका ७ सुर्यपुरामा पालिकाले बनाएको वि.पि कोइरालाको तस्बिरको अनावरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?