काठमाडौं । सरकारले काठमाडौंको माइतीघर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ ।
सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रमा निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
जहा सभा, जुलुश धर्नालगायतका गतिविधिमा रोक लगाइएको थियो ।
सुरक्षा विश्लेषण गर्दा सो क्षेत्रमा निषेधाज्ञाको जरुरत नभएको देखिएकाले हटाइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि सरकारले फागुन ४ मा माइतीघर क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । त्यसयता त्यहाँ प्रदर्शन गर्नेहरू पक्राउ पर्दै आएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच