एमाले मधेशमा प्रतिनिधि छनोट अन्तिममा, ९२ स्थानिय तहको नाम टुंगियो

हिमालय टाइम्स
Read Time = 2 mins

महोत्तरी। नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट अन्तिम चरणमा छ । प्रतिनिधि चयनका लागि आज सोमबारलाई तोकिएको निर्वाचन परिणाम धमाधम प्राप्त भइरहेका सो दलको प्रदेश प्रचार तथा सूचना विभागले जनाएको छ ।

प्रदेशका आठवटा जिल्लाका १३६ स्थानीयतहलाई निर्वाचन इकाई तोकिएको छ । पार्टी सदस्य सङ्ख्याका आधारमा चयन हुने प्रतिनिधि सङ्ख्या एक हजार २५ हुने विभागका प्रमुख सोम शर्माले जानकारी दिनुभयो ।

‘प्रदेश विभाग र जनसङ्गठनबाट प्रतिनिधिका नाम आइसकेका छन्’ शर्माले भन्नुभयो, ‘त्यसैगरी भूगोल (स्थानीय तह) बाट छानिएका प्रतिनिधिको नाम पनि प्राप्त भईरहेका छन् ।’ अहिलेसम्म १३६ स्थानीय तहमध्ये ९२ बाट प्रतिनिधिको नाम प्राप्त भएको विभागले जनाएको छ ।

भूगोलबाट छानिने प्रतिनिधिमा ७० प्रतिशत सर्वसम्मत भएका छन् । निर्वाचन कार्यक्रमअनुसार मतदान भएका ठाउँको मतगणना परिणाम मङ्गलबार बिहानसम्म आइ सक्ने शर्माले जानकारी दिनुभयो। एमालेको प्रथम मधेश अधिवेशन यही असोज २४–२५ गते जनकपुरधाममा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?