प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछु : सभामुख घिमिरे

Read Time = 2 mins

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।

शुक्रवार सभामुखको पद तथा गोपनियताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको हो ।

उहाँले संसदलाई अझ बढी क्रियाशिल बनाउन पनि प्रयत्न गर्ने बताउनु भयो । उहाँले संसदलाई प्रभावकारी ढंगले अगाडी बढाउने बताउनु भयो ।
सभामुख घिमिरेले भन्नुभयो ,‘नेपाली जनताको प्रतिनिधि संस्था संघीय संसद भनेको सर्वोच्च विधायिका संस्था हो । यो संस्थाको प्रयोग हामीले नयाँ संविधान बनाएपछि एक अवधि ग¥यौँ । त्यसलाई नेपालीपनको हिसावबाट अझ बढी व्यवस्थित, अझ बढी क्रियाशिल, अझैबढी मर्यादित बनाउनको लागि सबैको प्रयत्न हुनेछ । त्यसको नेतृत्व गर्ने मैले जिम्मेवारी पाएको छु, र यसलाई प्रभावकारी ढंगबाट संघीय संसदलाई अगाडी बढाउने कुराहरु गर्नुपर्छ । यही कुरामा मिडियाकर्मीहरु लगायत सबै साथीहरुको सहयोगको अपेक्षासहित मैले अगाडी लाने सोच बनाएको कुरा राख्दछु ।’

सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?