विश्वकपमा आज : इंग्ल्याण्ड भर्सेस इरान

Read Time = 3 mins

दोहा । कतार विश्वकपमा दाबेदारमध्येको एक टोली इंग्ल्याण्डले आज (सोमबार) साँझ पौने सात बजे इरानको सामना गर्दैछ । खालिफा इन्टरनेसनल स्टेडियममा हुने समूह ‘बी’को यो खेल सोमबार पहिलो हुनेछ । यस खेलमा इंग्ल्याण्डका कप्तान हृयारी केन तथा इरानका स्टार करिम इन्सारिफर्डमा सबैको नजर हुनेछ ।

गेरार्थ साउथगेटको टोली इंग्ल्याण्डको २०२२ मा त्यति राम्रो तथ्य त छैन तर पनि इरानविरुद्ध तीन खेलका लागि उनीहरू मैदानमा उत्रिनेछन् । इरानलगातार तेस्रोपटक विश्वकपमा छनोट भएकाले यसलाई पनि कमजोर आँक्न मिल्ने अवस्था छैन । विश्व वरीयतामा २० औँ नम्बरमा रहेको इंग्ल्याण्डलाई इरानले कडा चुनौती दिने निश्चित छ । विश्वकपमा भने यी दुई टोली पहिलोपल्ट आमनेसामने हुँदैछन् ।

लिस्टेर सिटीबाट खेल्ने प्ले मेकर जेम्स मेड्सिन घाइते हुनु इंग्ल्याण्डका लागि चिन्ताको विषय बनेको छ । यस्तै, कायल वाल्कर पनि इन्जुरीका कारण टोलीमा हुनुहुन्न । यता, इरानका प्रशिक्षक कार्लोस क्विरोजले पनि आफ्ना फरवार्ड बायर लेभरकुसन, सर्दार अजमानबिनै मैदान उत्रिनुपर्ने अवस्था छ ।

सेनेगल भर्सेस नेदरल्याण्ड्स
यी दुई टोलीबीचको खेल राती नौ बजेर ४५ मिनेटमा सुरु हुनेछ । कप्तान साडियो माने इन्जुरीका कारण टोलीबाट बाहिरिसकेपछि सेनेगललाई ठूलो झड्का लागेको छ । यसपटक सेनेगलले अफ्रिका कप अफ नेसन्स जित्दा सेनेगल हिरो बन्नुभएको थियो । यद्यपि सेनेगलको टोलीलाई कमजोर आँकिएको छैन ।

नेदरल्याण्ड्सलाई यस टोलीले कडा चुनौती दिने निश्चित छ । यता, नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्ने सम्भावना बोकेको टोली हो । नेदरल्याण्ड्सका प्रतिभावान खेलाडीहरू तीन अंकका लागि सेनेगलविरुद्ध मैदानमा उत्रिनेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?