नक्कली पार्ट्स कारोबारीलाई कारबाही

Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीले बुधबार काठमाडौंको ढुंगेअड्डास्थित न्यु प्रकाश अटो ट्रेडर्समा छापा मारी पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएर छाडेको छ । उनले लामो समयदेखि भारतबाट अवैधरूपमा नक्कली मोटर्स पार्टस झिकाई बिक्री गर्दै आएको गुनासोपछि सञ्चालकलाई प्रहरीले अनुसन्धानका नियन्त्रणमा लिएको सिप्रदी ट्रेडिङ कम्पनी प्रालिले जनाएको छ । सिप्रदीका अनुसार अनुसन्धानका क्रममा टाटा मोटर्सका नक्कली पार्टस बिक्री गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरी एकपटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।

रौनियारमात्र नभई देशैभर अन्य व्यक्ति पनि यस्ता कारोबारमा संलग्न भएको रौनियारले बताएका छन् । प्रहरीले अन्य शंकास्पद स्थानमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?