काठमाडौं । नेपाल खो खो संघको आयोजनामा यू-२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता चैतको दोस्रो साता हुने भएको छ । प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनगढीमा हुनेछ । उमेर समूहको प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागेको आयोजक संघका अध्यक्ष प्रदिप महर्जनले जनाउनुभएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख रुपैयाँ खर्च हुने खो खो संघका कोषाध्यक्ष कृष्ण पनेरुले जानकारी गराउनुभयो । संघका महासचिव शंकर महर्जनले उमेर समूहको प्रतियोगिताले युवालाई खो खो खेल्न आकर्षित गर्नुका साथै खेलाडी उत्पादनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच