धौलागिरी अस्पतालमा पहिलो पटक दुरबिन यन्त्र मार्फत एपेन्डिकसको सफल शल्यक्रिया

Read Time = 4 mins

-डम्मर बुढा मगर
बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा पहिलो पटक दुरबिन यन्त्र मार्फत एपेन्डिकसको सफल शल्यक्रिया भएको छ । सोमबार म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरबिन यन्त्र मार्फत शल्यक्रिया भएको हो ।

बोलनको सर्जन डाक्टर र्साजन कुवँर, डाक्टर सुवास खरेल, एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन, नर्सिङ कर्मचारी गीता पुन र करिष्मा के.सी लगायतको टिमले सफल शल्यक्रिया गरेको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।
अस्पतालमा यसभन्दा अगाडिसम्म ‘ओपन सर्जरी’ हुँदै आएकोमा अबदेखि दुरबिन यन्त्र मार्फत शल्यक्रिया हुने डाक्टर पोखरेलले बताउनुभयो । गण्डकी प्रदेश भित्रका अस्पताल मध्ये सबैभन्दा पहिले धौलागिरी अस्पतालमा यो यन्त्र मार्फत शल्यक्रिया सुरु भएको डाक्टर विकले बताउनुभयो ।
यो यन्त्र मार्फत हर्निया, एपेन्डिक्स र पित्त थैलीको पत्थरी शल्यक्रिया गर्न सकिने सर्जन डाक्टर र्साजन कुवँरले जानकारी दिनुभयो । डाक्टर कुँवरका अनुसार शरीरमा सानो घाउ बनाएर र शल्यक्रिया गरिन्छ । यस मार्फत शल्यक्रिया गर्दा सानो घाउ हुने र बिरामी छिटो निको हुने डाक्टर कुवँरले बताउनुभयो ।
“दुरबिन यन्त्र मार्फत शल्यक्रिया गर्दा अस्पतालमा बसाइँ छोटिन्छ, बिरामी घर छिटो फर्किन सक्छन्, त्यसले गर्दा अस्पतालमा बिरामीको चाप पनि बढ्दैन, ओपन सरजरी जस्तो, ठूलो घाउ बनाउनु पर्दैन, यो आधुनिक प्रबिधियुक्त विधि हो,” डाक्टर कुँवरले भन्नुभयो “यो यन्त्र मार्फत हर्निया, एपेन्डिक्स र पित्त थैलीको पत्थरी शल्यक्रिया गर्न सकिन्छ ।”

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट पोखरेलले अब हर्निया, एपेन्डिक्स र पित्त थैलीको पत्थरी शल्यक्रिया गर्नु पर्ने बिरामी पोखरा, काठमाडौ जान नपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म अस्पतालमा हर्निया, एपेन्डिक्स र पित्त थैलीको पत्थरी शल्यक्रिया ‘ओपन सर्जरी’ मार्फत गरिदै आएको बताउनुभयो । मेडिकल सुपरिटेन्डेण्ट पोखरेलले उपकरण र दक्ष जनशक्ति आएपछि यो सेवा सुरु भएको बताउनुहुन्छ ।

“अब हर्निया, एपेन्डिक्स र पित्त थैलीको पत्थरी शल्यक्रिया गर्नु पर्ने बिरामी पोखरा, काठमाडौ जान पर्दैन, यसको शल्यक्रिया अहिलेसम्म ‘ओपन सर्जरी’ मार्फत हुँदै आएको थियो, अब दुरबिन यन्त्र मार्फत हुने छ,” उहाँले भन्नुभयो “औजार उपकरण र दक्ष जनशक्ति भएपछि आधुनिक प्रविधिको प्रयोग गरेर उपचारलाई थप सहज बनाएका छौँ, यहाँ आवश्यक पर्ने औजार उपकरणहरु सरकारसँग माग ग¥यौँ र पप्राप्त ग-यौँ, अब उपचार थप प्रभावकारी हुने अपेक्षा लिएका छौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?