शरण अस्वीकार गरे पछि बेलायतमा बम बिष्फोट गराएको प्रहरीको निष्कर्ष

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । दुई वर्ष पहिले बेलायतको अस्पताल बाहिर बम आक्रमण गर्ने इराकी मूलका एक व्यक्तिले आफ्नो शरणको दावी अस्वीकार गरेकोमा बेलायत विरुद्ध उजुरी दिएको खुलेको छ ।

नोभेम्बर २०२१ मा उत्तर-पश्चिम इङ्गल्याण्डको लिभरपुल महिला अस्पताल बाहिर एउटा ट्याक्सीमा घरेलु बम राख्दा ३२ वर्षीय इमाद अल स्वलामीनको मृत्यु भएको थियो । यस बाहेक यस असफल हमलामा कसैको मृत्यु भएन, ट्याक्सी चालक सामान्य चोटपटकमा भाग्न सफल भएका थियो ।

युद्धमा मारिएकाहरूलाई सम्मान गर्ने कार्यक्रमको केही समय अघि गराइएको सो बिष्फोट पछि प्रहरीले तुरुन्तै यसलाई आतंकवादी घटना घोषणा गर्‍यो। तर, लामो छानबिन पछि  स्वल्मिनले चरमपन्थी विचार राखेको कुनै प्रमाण नभएको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ, जसका कारण उनले आफुलाइ शरणार्थीको दर्जा दिनु पर्ने जिकिर गर्दै आएको बेलायती प्रहरीले जनाएको छ ।

प्रहरी प्रतिवेदनमा भनिएको छ, ‘यस्तो देखिन्छ कि बेलायती राज्य विरुद्ध अल स्वलामीनले आफ्नो शरणको दावी स्वीकार गर्न असफल भए पछि उनको मानसिक स्वास्थ्य बिग्रियो, जसको परिणामस्वरूप गुनासो बढ्दै गयो र अन्ततः ती कारकहरू बने, जसले उनलाई आक्रमण गर्न प्रेरित गर्ने कार्य गर्‍यो।'

इङ्गल्याण्डको उत्तर-पश्चिमका लागि काउन्टर टेररिज्म युनिटका डिटेक्टिभ सुपरिटेन्डेन्ट एन्डी मीक्सले भने कि स्वेलामिनले अस्पतालमा आफ्नो बम विस्फोट गर्ने योजना बनाएको थियो भन्ने विश्वास गरिएको थियो तर यो योजना भन्दा पहिले नै विस्फोट भएको हुन सक्छ।

स्वेल्मीनले जोर्डन राहदानीमा कानुनी रूपमा आए पछि बेलायतमा सिरियाली शरणार्थीको रूपमा शरणको लागि झुटो दाबी गरेको आरोपमा पहिले दोषी ठहरिएको थियो । उनको शरणको दाबी अस्वीकार गर्न आतंकवाद विरोधी प्रहरीले सुझाव दिएको थियो । तर, स्वल्मिनले बेलायतमा बस्नको लागि आफ्नो मुद्दा बलियो बनाउने आशामा धर्म परिबर्तन गरी ईसाई धर्मसमेत अपनाएका थिए । तर, बेलायतले उनलाई शरणार्थीको मान्यता दिएन, जसका कारण उनी रिसाउन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?