देउवाले प्रचण्डसँग हात मिलाएर दिनुभयो बधाई

Read Time = 1 min

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण कार्यक्रममा पुग्नुभएको देउवाले प्रचण्डसँग हात मिलाएर बधाई दिनुभएको थियो ।

प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराए लगत्तै देउवा समारोह सञ्चालन भइरहेको स्थानबाट बाहिरिनुभएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीको सपथसम्म उहाँ बस्नुभएन । प्रचण्डलाई बधाई दिएर देउवा कार्यक्रमबाट बाहिरिनुभएको थियो । ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?