मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैन : सांसद ढकाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाउनुभएको हो । सांसद ढकालले पूजी बजारका लागि नियमक निकायको रुपमा रहेको धितोपत्र बोर्डले कुनैपनि काम गर्न नसकेको जिकिर समेत गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरुले दिएको सुझावलाई अर्थ मन्त्रालयले सुनुवाई नगरेको गुनासो समेत गर्नुभयो ।

सांसद ढकालले भन्नुभयो, ‘सरकारलाई शान्ति सुरक्षाको विशेष ख्याल राख्न म ध्यानाकर्षण गराउन चाहन्छु । देशको आर्थिक अवस्थाको बारेमा यो सदनमा विभिन्न समयमा विभिन्न माननीयज्यूहरुले आवाजहरु उठाई राख्नुभएको छ । देश आर्थिक मन्दीमा जाँदैछ । आर्थिक मन्दीमा धस्सीदैछ । आर्थिक मन्दीमा धस्सीनुका कारणहरुमा उत्खनन कसैले गरेका छैनन् । किन आर्थिक मन्दीमा फस्दैछ भनेर सुझावहरु दिँदा अर्थ मन्त्रालयले ती सुझाव सुनुवाई गर्दैन । बैंक, वित्तीय संस्थाहरुमा नेपालमै पहिलो पटक लगानीयोग्य रकम प्रशस्त छ । यो हुँदाहुँदै ऋण प्रवाह हुन सकिरहेको छैन । बैंकहरुका अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकका कारणले गर्दा गर्दा लोन प्रवाह हुन सकिरहेको छैन । नेपालको पूजी बजार ध्वस्त छ । अर्वाै लगानीकर्ताले पूजी डुबेको छ । राज्यलाई एक महिनामा ३ अर्व २५ करोड राजश्व बुझाएको क्षेत्र हो त्यो पूँजीबजार । त्यो ध्वस्त हुँदैगर्दा अर्थमन्त्रीलाई चासो छैन । नियमक निकायलाई चासो छैन । आज लगानीकर्ताले खर्बौ रकम पूजी बजारमा डुबाईरहँदाखेरी नियमक निकाय त्यो धितोपत्र बोर्ड भन्ने छ । त्यसलाई मैले ढिलो पत्र बोर्ड भन्ने गरेको छु । लगानी कर्ताको काम गर्नका लागि बनेको त्यो ढिलो पत्र बोर्डले केही पनि काम गर्दैन । ’

सांसद ढकालले मुलुकमा सामाजिक सदभाव भडकाउने प्रयास भईरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ख्याल राख्न पनि आग्रह गर्नुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?