बलात्कार आराेपमा एकजना पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका-६ सेप्राङ घर भएका २६ वर्षीय कर्णबहादुर मास्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?