प्रदर्शनका लागि ‘चिठ्ठी’ तयार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘चिठ्ठी’ प्रदर्शनका लागि तयार भएको छ । निर्माण युनिटले चलचित्रको छिट्टै फष्टलुकसँगै प्रदर्शन मितिसमेत जानकारी दिने बताएको छ । सञ्चारकर्मी कमला जोशी निर्माता रहेको यो चलचित्र कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको जनाइएको छ ।

चलचित्रको लेखन तथा निर्देशन माधवराज खरेलले गर्नुभएको हो । एरा प्रोडक्सनको व्यानरमा निर्माण भएका चलचित्रमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर ‘खवपु’, गोपाल ढकाल ‘छन्दे’, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुसाल, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रञ्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठीलगायतका कलाकारको अभिनय छ ।

सरोज कोइराला र राजेन्द्र बजगाईंका संगीत रहेको चलचित्र जीवन पराजुली र राजन खरेलले छायांकन गर्नुभएको हो । काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुरलगायत जिल्लाका विभिन्न रमणीयस्थलमा छायांकन गरिएको छ । चलचित्र सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्देशक खरेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?