काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले किसान र कृषि क्षेत्रको प्रवद्र्धनको माग गर्दै सरकारलाई नौबुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई ध्यानाकर्षण पत्र बुझाउँदै रास्वपाको कृषि विभागका प्रमुख एवं सांसद अशोककुमार चौधरीले किसानद्वारा उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खाद्य संस्थानबाट एक पालिका एक खरिद केन्द्र स्थापना, बाढीबाट बाली प्रभावितलाई क्षतिपूर्ति व्यवस्था, किसान सुरक्षा कोष लागू गर्नुपर्ने बताउनुभयो ।
जनआवाज सुन्न कैलालीको टीकापुर पुग्दा त्यहाँका कृषकको आवाजले कृषि क्षेत्र सरकारको नजरभन्दा बाहिर भएको उल्लेख गर्दै उहाँले बहुसंख्यक नागरिकको मुख्य आयस्रोत कृषि भएकाले कृषि उपज सरकारले तोकेको समर्थन मूल्यमा किनिदिनुपर्ने बताउनुभयो ।
नौबुँदे ध्यानाकर्षण पत्रमा गाईभैँसीमा लाग्ने लम्पी स्किन रोगविरुद्धको नक्कली भ्याक्सिन फैलिएकाले छानबिन गरिनुपर्ने, स्थानीयस्तरमा उत्पादित कृषि उपजको तथ्यांक संकलन तथा बजारीकरण कार्यमा सहजीकरण गर्नुपर्ने, सुलभ कर्जा, बिमा सहुलियत तथा सहज पहुँचको व्यवस्था हुनुपर्ने, केराखेतीमा देखिएको रोगको नियन्त्रण गरिनुपर्ने, माछापालक किसानलाई प्रोत्साहित गर्न छिमेकी मुलुकबाट आयात हुने सम्पूर्ण माछामा अन्तःशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट) लगाइनुपर्ने, मुडग्री माछाको बिक्रीवितरणमा रोक लगाइनुपर्नेलगायतका माग रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच