भोजपुर । विद्युतको पहुँचबाट टाढा रहेको तीन परिवारलाई गाउँपालिकाले सोलार सेट सहयोग गरेकोछ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका तीन बिपन्न परिवारलाई सोलार सेट सहयोग गरेको हो ।
गाउँपालिकाको वडा नम्वर ४ दलगाउँमा सुरु सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रममा पालिका अध्यक्ष थामबहादुर राईले तीन परिवारलाई एक सय वाट क्षमताको सोलार सेट हस्तान्तरण गर्नु भएको हो । बिद्युतको सेवाबाट बञ्चित दलगाउँका मिनराज राई, मनकुमारी राई र बखत बहादुर राईलाई सोलार हस्तान्तरण गरिएकोहो । आफना गाउँपालिका क्षेत्रका नागरिकहरुलाई विद्युत सेवाबाट बञ्चित हुन नपरोस भन्नका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । “बिद्युत सेवाका लागि दुरी टाढा र आर्थिक अवस्था समेत कमजोर भएकाले तीन परिवारलाई सहयोग गरेका हौ ।” पालिका अध्यक्ष राईले भन्नुभयो ।
अध्यारोमा बस्न बाध्य आफुहरुलाई सोलार सहयोग गरेकोमा गाउँपालिकाप्रति तीनै परिवार खुशी देखिएको वडाध्यक्ष बाबुकुमार राईले बताउनुभयो । विद्युत सेवाका कारण अन्धकारका बस्न बाध्य परिवारलाई पालिकाको सहयोगले मद्यत पुर्याएको वडाध्यक्ष राईको भनाई रहेको छ ।
चाड पर्वहरु नजिकिएसँगै गाउँपालिकाले वडा तहमा पुगेर ज्येष्ठ, अपाङ तथा असक्त नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण समेत सुरु गरेको छ । सोक्रममा एनआईसी एसिया बैकको समन्वयमा दलगाउँका एक सय ५४ जना लाभग्राहीहरुलाई स्वास्थ्य परीक्षण समेत गरी भत्ता उपलब्ध गराईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच