पहिरोमा परी भोजपुरमा एक जना बेपत्ता

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर २, हेलौछामा पहिरोमा परेर एक जना बेपत्ता भएका छन् ।

भोजपुर नगरपालिका- २, हेलौछा छोक्ला निवासी पासाङ तामाङ पहिरोमा परी बेपत्ता हुनु भएको हो ।

बिहिवार बिहान करिब १० बजेको समयमा नजिकैको झयालसिंगे जंगलमा एक्कासी भिरसहित आएको पहिरोमा परि पासाङ वेपत्ता हुनु भएको वडाध्यक्ष प्रसाद तामाङले जानकारी दिनुभयो ।

दिनभर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरूले खोजी कार्य तिब्र बनाएको भएपनि भेटन नसकिएको तामाङले बताउनुभयो । शुक्रवार बिहानैबाट खोजी कार्यलाई पुन निरन्तर दिइएको छ । पहिरोको ढुंगा माटो हटाउनका लागि समस्या भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?