काष्ठमण्डप कप संस्कृति र राजर्षिलाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काष्ठमण्डप विद्यालयको २०औँ वार्षिकोत्सवका अवसरमा यही असोज १० गतेदेखि आयोजना गरिएको ‘केभी कप’ सम्पन्न भएको छ । बास्केटबल र फुटसल गरी जम्मा चार विधामा ५२ वटा टिमहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता नौ दिनसम्म सञ्चालन भएको थियो । जसमा ब्वाइज सिनियर बास्केट बल प्रतियोगिताको फाइनलमा टिआइए र बिल्सन एकेडेमीबीच भएको प्रतिस्पर्धामा (३१-२५) टिआइएले जित निकाल्दै उपाधि चुमेको छ ।

सिनियर गल्सतर्फ संस्कृतिले कष्ठमण्डप विद्यालयलाई २८-१६ पोइन्ट्सले पराजित गर्दै उपाधि जित्न सफल भएको छ । ब्वाइजतर्फ टिआइएका उत्सव मल्लले १६ पोइन्ट र संस्कृतिकी क्रिशा ढाकवाले १४ प्वाइन्टले उक्त जित निकाल्न सफल हुनुभएको थियो ।

प्रतियोगितामा कृष ओली, विदिश्मा बोगटी मोष्ट भ्यालुएबल प्लेयर घोषित हुनुभयो । द सेलेब्रेसन कोएडका संस्कार चापागाईं र काष्ठमण्डपकी रिया राई हाइएष्ट स्कोर बन्न सफल हुनुभयो ।

जुनियर ब्वाइजको फुटसलको फाइनलमा चेल्सी वल्र्ड स्कुलले मिल्सबेरी स्कुललाई तीन-एकले हराउँदै उपाधि कब्जा गर्न सफल भयो भने सिनियर ब्वाइजको फाइनलमा राजर्षिले काष्ठमण्डपलाई चार-दुईले स्तब्ध बनायो ।

त्यसैगरी जुनियर छात्र फुटसलतर्फको उत्कृष्ट खेलाडी सुवास तामाङ (चेल्सी), हाइएष्ट स्कोर लभिन्सन तामाङ (चेल्सी), उत्कृष्ट गोलरक्षक निलभ घिमिरे (मिल्सबेरी) हुनुभयो ।

सिनियर छात्रतर्फको उत्कृष्ट खेलाडी राजर्षि गुरुकुलका निर्भिक थापा, हाइएष्ट स्कोर काष्ठमण्डपका सिद्धार्थ बस्नेत र उत्कृष्ट गोलरक्षकको उपाधि काष्ठमण्डपका भिभान मानन्धरले प्राप्त गर्नुभयो ।

प्रतियोगिताका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?