यस्तो छ तपाईंको असोज १९ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज १९ गते शुक्रबार, ई.सं. ६ अक्टोबर, २०२३ । तिथि- आश्विन कृष्णपक्ष सप्तमी, नक्षत्र- आद्र्रा, योग- वरियान्, करण- वव, चन्द्रराशि- मिथुन, सूर्योदय ५ः५९ सूर्यास्तः १७ः४३ ।

मेष : भाइबहिनी वा सन्ततिका तर्फबाट दुःखद खबर प्राप्त हुनेछ ।

वृष : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

मिथुन : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कर्कट : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कन्या : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

तुला : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

वृश्चिक : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मकर : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?