काठमाडौं । जाजरकोटदेखि काठमाडौंमा डाक्टर बन्ने सपना बोकेर आउनुभएका अभि सुनार यतिबेला मोडल, गीतकार अनि संगीतकार बन्नुभएको छ । मोडलिङ र गीति लेखनमा आफूलाई प्रस्तुत गर्दै आउनुभएका उहाँ मिहिनेत र परिश्रमबिना कुनै पनि कार्यमा सफलता पाउन असम्भव हुने बताउनुहुन्छ । भेरी नगरपालिका-१३, कुदु, जाजरकोटका स्थानीय बासिन्दा अभि काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियसन पस्किरहनुभएको छ ।
अभिको शब्द, संगीत र समीक्षा अधिकारीको स्वरमा ‘मैले जितेर पनि हारेँ’ गीतको भिडियो केही दिनपहिले मात्र सार्वजनिक भएको थियो जसमा उहाँकै जीवन्त अभिनयसमेत छ । कला क्षेत्रमा आफ्नो भविष्य बनाउने योजनाका साथमा अगाडि बढ्दै गर्नुभएका अभि आफ्नो लक्ष्यमा पुग्न दिनरात लागिपर्नुभएको छ । दर्जनौं म्युजिक भिडियोमा अभिनय गर्नुका साथै गीति लेखनमा सक्रिय अभिलाई ‘चाहना मनको, निभेको चुलो, नबुझ्छौ, म छु आज रोडमा तिमी करोडमा, तिमी नै हौ, त्यो दिनको याद करोडको खेल, पागल मन, आफ्नो मान्छे भयो परपर’लगायतका गीतको भिडियोमा देख्न सकिन्छ । उहाँले गर्नुभएको कामको मूल्यांकन गर्दै विभिन्न संघसंस्थाले अवार्ड तथा कला सम्मानसमेत प्रदान गरेका छन् ।
उहाँ रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९, जलजला राष्ट्रिय फिल्म तथा म्युजिक अवार्ड २०२३, नाट्यश्वर म्युजिक अवार्ड २०७५, ज्योति फिल्म म्युजिक अवार्ड २०७९, नेसनल म्युजिक अवार्ड २०७९, नेपाल म्युजिक तथा फेसन अवार्ड २०२३ र तीज म्युजिक अवार्ड २०२३ बाट सम्मानित हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच