सिनेमाघरमा चीँ मुसी चीँ

Read Time = 1 min

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘चीँ मुसी चीँ : इभन डेड डिजायर बिलिङ्गिङ’ प्रदर्शनमा आएको छ । प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्टलगायतको अभिनय रहेको छ ।

यो चलचित्रले मल्टिप्लेक्स हलहरुमा सुखद् शो प्राप्त गरेको छ । क्यूएफएक्स चेनले चलचित्रलाई प्रदर्शनको पहिलो दिन ३४ शो उपलब्ध गराएको छ । वान सिनेमाज, विग मुभिजलगायतले पनि चलचित्रलाई सुखद् शो दिएका छन् ।

अरुण चक्रवर्ती प्रस्तुतकर्ता रहेको चलचित्रमा मर्ण जेम्स र यश सैनीको संयुक्त कथा, पटकथा एवं निर्देशन छ । रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्तीले चलचित्रमा लगानी गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?