प्रचण्ड नेतृत्वको सरकार असफलताको दिशामा : काग्रेस नेता डा. कोइराला

फाइल तस्बिर

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकार असफलताको दिशामा गइरहेको बताउनु भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई बिहीबार मायादेवी गाउँपालिका-६ स्थित बेथरीमा सम्बोधन गर्दै डा. कोइरालाले यस्तो बताउनु भएको हो ।

उहाँले वर्तमान सरकार दिन प्रतिदिन आलोचित भइरहेको भन्दै अब धेरै दिन यसरी बस्न नसकिने बताउनुभयाे । कोईरालाले कांग्रेस ९ मन्त्रालयसहित सरकारमा रहे पनि संसदीय व्यवस्थामा प्रधानमन्त्रीले जे भन्यो त्यही हुने बताउनु भयो । उहाँले मुलुकको विकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेकाे बताउनु भयो।

वर्तमान सरकार सच्चिनु पर्ने कोइरालाको भनाइ छ । प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने भन्दै प्रश्न गर्नु भयो । प्रचण्डले दुई महिना भित्र दुई लाख मानिस सडकमा जम्मा गर्ने अभिव्यक्ति दिएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो । डा कोईरालाले भन्नुभयो ‘प्रचण्ड पार्टीको अध्यक्ष मात्र भएको भए मैले यो कुरा स्वीकार्थे, तर उहाँ तपाई हाम्रो प्रधानमन्त्री पनि हुनुहुन्छ । देशको प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने ?’

प्रधानमन्त्री प्रचण्डले २०८४ मामाओवादीलाई जिताउ म तपाईंहरूलाई जातीय राज्य दिन्छु भनेको भन्दै आपत्ति जनाउनु भयो ।,
‘हामी जातीय राज्यमा जान सक्दैनौँ । नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुकहो । यहाँ कुनै जातजातिको बाहुल्यता छैन । पहिला पनि मुलुकलाई जातीय राज्यमा लग्न खोजेकै हुन् । तर, सकेनन् । ’

नेता कोइरालाले २०८२ मंसिर भित्र नेपाली कांग्रेसको महाधिवेशन हुने गरी लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नु भयो । उहाँले आफू सभापतिपदमा पराजित भएपनि पार्टी सभापतिसँग सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनु भयो। ‘विधि र विधानसम्मत अगाडि बढ्नुपर्ने हाम्रो मागहो, ४० प्रतिशत भाग खोजेका छैनौं,’ डा कोईरालाले भन्नुभयो।

पुराना र लामो समयदेखि योगदान पुर्याउने मान्छेलाई पाखा लगाउने र नयाँ मान्छेलाई केन्द्रीय सदस्य बनाउने हो भने यसले कांग्रेसलाई कमजोर बनाउने डा. कोइरालाको भनाइ छ । पार्टीमा गुट-उपगुट हुने र ऊर्जाका लागि पनि त्यो आवश्यक भए पनि गुट-उपगुटले एकआपसमा कुरा हुनु नै बन्द गर्नु भन्ने गलत रहेको उहाँको भनाई थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?