जुम्लाका सामुदायिक विद्यालयमा महिनावारी आराम कक्ष स्थापना

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाका सामुदायिक विद्यालयमा नमूनाको रुपमा महिनावारी आराम कक्ष निर्माण गरिएका छन् । स्थानीय सरकार सँगको समन्वयमा पेस नेपाल जुम्लाले जिल्लाको हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले जानकारी दिनुभयो ।

विद्यालयमा बालिका महिनावारी हुदा पेट दुखेमा वा असजिलो भएमा सो कक्षमा आराम गर्न मिल्ने गरि स्थापना गरिएको छ । बालिकालाई महिनावारी भएको समयमा सजिलो होस भन्ने हिसावले महिनावारी आरम कक्ष यहाँका स्थानीय तहका सामुदायिक विद्यालयमा निर्माण गरिएको परियोजना संयोजक भट्टको भनाइ छ । कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी माध्यामिक विद्यालय लुड्कु, सिंजा गाउँपालिकाको मा.वि चुलेल गाउँ, महादेव मा.वि. गुठि, हिमा गाउँपालिकाको अन्नपुर्ण माध्यामिक विद्यालय मष्ठामाडु, भानु माध्यामिक विद्यालय महावैपाथलखोलामा महिनावारी आराम कक्ष निर्माण गरिएका छन् ।

परियोजनाको कार्यक्रम अन्तर्गत कालिकोट जिल्लाको नरहरी नाथ गाउँपालिका-३ स्थित नन्दादेवी माध्यामिक विद्यालय र रुपादेवी आधारभुत विद्यालयमा समेत महिनावारी आराम कक्ष निर्माण गरिएको पेस नेपालका परियोजना प्रमुख भट्टले बताउनुभयो । प्लान नेपालको आर्थिक सहयोगमा संचालित खानेपानी सरसफाई स्वच्छता उत्थानशिलता परियोजना र जलवायूमैत्री खानेपानी सरसफाई स्वच्छता परियोजना अन्तर्गत महिनावारी आराम कक्ष निर्माण गरिएको पेस नेपालले जनाएको छ ।

महिनावारी आराम कक्ष निर्माण गरेपछि विद्यालयमा महिनावारी उमेरका बालबालिकालाई सजिलो भईरहेको छ । उनिहरुले विद्यालयमै महिनावारी कक्ष हुँदा सेनीटरीप्याड बदल्नेदेखी आराम गर्न सजिलो हुने गरेको छ । महिनावारी कक्षमा धेरै कठिन भएमा आराम गर्न समेत मिल्ने छ । महिनावारी आरम कक्ष निर्माण हुँदा धेरै राम्रो भएको सिंजा गाउँपालिका-२ का वडाध्यक्ष तिर्थ वडले बताउनुभयो ।

कनकासुन्दरी माध्यामिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्रप्रसाद उपाध्यायले महिनावारी कक्षले वालिकाहरु महिनावारी भएको समयमा आराम गर्ने काम भएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म ३० देखी ३५ जना बालिकाले सो कक्षको प्रयोग गरिसकेका बताउनुभयाे । उक्त कक्षलाई थप व्यवस्थापन गर्न आवश्यक रहेको प्रअ उपाध्यायले बताउनुभयो ।

पेस नेपालले यो कार्यक्रम प्रभावकारी भएपछि आगामी जुम्लाको हिमा, सिंजा र कनकासुन्दरीमा लागुहुने आधार परियोजनामा पनि महिनावारी आराम कक्षमा सामग्री खरिदका लागि बजेट विनियोजन गरिएको छ । विद्यालयमा नमूनाको रुपमा सेनेटरी प्याड व्यवस्थापन गर्ने विषयका कार्यक्रमहरु समेत लागुहुने गरि पेस नेपालसंग समन्वय गरि आगामी दिनमा काम गरिने हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?