सरोकारवालाहरुको मागलाई सम्बोधन हुनेगरी विद्यालय शिक्षा विधेयक अघि बढाउनुपर्छ : रमेश लेखक

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाहरुको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले संविधानसम्मत ढंगले सरोकारवालाहरुको मागलाई सम्बोधन हुनेगरी सो विधेयकलाई अघि बढाउनुपर्ने बताउनु भएको हो । प्रमुख सचेतक लेखकले सो विधेयकलाई सहमतीकै आधारमा अघि बढाउन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । सरकारले सरोकारवालाहरुसँग सम्झौता गरेर सो विधेयक ल्याएकाले त्यसलाई सहमतीकै आधारमा अघि बढाउन उपयुक्त हुने उहाँको तर्क थियो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘सरकारले यो विधेयकलाई पर्याप्त रुपले छलफल गरेर ल्याएको छ भन्ने कुरामा हामी विश्वास गरौं । किनभने भर्खरै सम्बन्धित सरोकारवालाहरुको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुंग्याएको छ । विधेयक प्रश्तुत भएको छ । त्यसो भएको हुनाले यो विधेयकको आवश्यक्ता पनि धेरै ज्यादा भएको हुनाले सरोकारवाला सबैको विचारलाई समेटेर र आम नागरिकका पनि धारणाहरु बुझेर सदनले नै यसलाई अगाडि बढाउन सक्ने भएकाले यो सदनबाटै अगाडि बढाएर चाडो यसलाई किनारामा पुर्‍याउन उचित हुन्छ भन्ने मलाई लाग्छ । अर्को कुरा भनेको विभिन्न कोणबाट यो विधेयशबारे प्रश्नहरु उठेका छन् । यो विधेयक संविधानको भावना अनुरुप बन्नुपर्छ भन्ने कुरा पनि उठेको छ । र, यो विधेयकमा सरोकारवालाहरुको धेरै चिन्ता, चासो उठेका छन् । यो विधेयकलाई संविधान मूल्य, मान्यता र भावना अनुसार सरोकारवालाहरुको सबै चिन्ता र चासोलाई समेटेर सहमतीका साथ यो विधेयकलाई निष्कर्षमा पुर्‍याउनु पर्छ । ’

प्रमुख सचेतक लेखकले सो विधेयक पारित गराउन पनि ढिलाई गर्न नहुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?