भूकम्प पीडितको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

हिमालय टाइम्स
Read Time = 1 min

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ आइपुग्नुभएको छ ।

गत सोमबार गएको भूकम्पको क्षति र प्रभावितको अवस्था अवलोकन गर्न प्रधानमन्त्री बझाङ जानुभएको हो । प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै बझाङ आउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डसँगै टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत हुनुहुन्छ ।

सोमबार चैनपुरलाई केन्द्रबिन्दू बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प जाँदा २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?