धारामा चिप्लिएर मृत्यु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min
गुल्मी  । गुल्मीमा धारामा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका-४, ग्वादिकाचौर बस्ने ४१ वर्षीय सुख बहादुर कुमालको धारामा चिप्लिएर मृत्यु भएको वामी प्रहरी चौकीले जनाएको छ ।
घर नजिकै छिमेकीको धारामा पानी खाने क्रममा पानी पिउन गएको अवस्थामा अकस्मात चिप्लिएर लड्दा गम्भीर घाइते भएका कुमालको तत्काल उद्धार गरी उपचारको लागी लैजाने तयारी हुँदै गर्दा घटनास्थलमै मृत्यु भएको त्यहाँ पुगेका कुर्घा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेकाे वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सई लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।
वामी प्रहरी चौकीको टोली घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान सकेको र मुचुल्का पछि शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पठाईएको उहाँले बताउनुभयो ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?