नाडा अनलाइन अटो शो हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अनलाइन अटो शो आयोजना गर्ने भएको छ । सो सम्बन्धमा शुक्रबार नाडा र हाम्रो बजार डटकमबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार डिजिटल अटो एक्स्पो गर्ने हाम्रो बजार डट कमले काठमाडौंको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिबारे नाडा हाम्रो बजारमार्फत् दैनिकरूपमा प्रसारण गर्नेछ ।

सम्झौतापत्रमा नाडाका अध्यक्ष डा. धु्रव थापा तथा हाम्रो बजार डटकम केएमजीका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?