इतिहास बन्दै चङ्गा चेट (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाली शब्दकोषमा चङ्गा, नेवारीमा भुटुमाली र हिन्दीमा पतंग भनिने कागज, कपडा र प्लाष्टिकको चारकुने टुक्रामा ठाडो बाँसको सिन्का र धागो घुसारेर उडाइने खेलौना हो । किंवदन्ती अनुसार, असारको खेतीपछि भदौसम्म पानी पर्ने भएकाले अब पानी पुग्यो र धान पाक्ने बेला भयो भन्नका लागि चंङ्गा उडाएर इन्द्रदेवलाइ सन्देश पठाएको भन्ने जनविश्वास छ ।

दसैं आउन केही अघि देखिनै चङ्गा उडाइँदै आएको पाइन्छ । चीनलाइ चङ्गाको आविष्कारिक मानिन्छ । चीनमा आविस्कारसँगै एसियाका देशहरुमा लोकप्रयता बढेको पाइन्छ । सबै देशहरुले आफ्नो चाड या खुशियाली साट्नका लागि उडाउँदै आएका छन । नेपालमा पनि धार्मिक सँगै मनोरञ्जन र हर्ष उल्लासको बेलामा चङ्गा उडाइने गरिन्छ । चङ्गामा मुख्य गरी चङ्गा, लट्टाइ र धागोको मुख्य आवश्यकता हुन्छ ।

नेपाली बजारमा चङ्गा भारतबाटै आउने गर्छ । पछिल्लो समय यता लट्टाइ भने नेपालमै बनाउने गरिन्छ । नेपाली लट्टाइ कम उत्पादन हुने भएकाले बजारमा पु¥याउन नसकिरहेको व्यापारीहरु बताउँछन । ललितपुरका प्रकाश देउला सानै उमेरदेखि चङ्गा उडाउन मन पराउनुहुन्थ्यो । २५–३० वर्ष अघिदेखि माटोको कलात्मक सामग्री बेच्दै आएका प्रकाश केही वर्ष यता चङगाको व्यापार गर्दै आएको बताउनुभयो ।

नेपाली उत्पादनलाइ जोड दिएका प्रकाशको पसलमा चङगा बाहेक माटोबाट बनेका भाडा, हातले बनाएको कुचोलगायत राख्नुभएको छ । यससँगै पाँच वर्ष अघिदेखि उहाँले दशै तिहार लक्षित गरेर चङ्गाको व्यापार सुरु गरेको बताउनुभयो । ग्वार्कोमा टाइसन काइट शप चलाइरहेका प्रकाश हिजोआज नेपालीको चङ्गा प्रतिको मोह घटेको देखेर निराश हुनुुहुन्छ । ‘पहिले दशैको एक महिना अघिदेखि नै काठमाडौं, ललितपुर र भक्तपुरको आकाश पुरै ढाकिने गर्दथ्यो,’ उहाँ भन्नुहुन्छ्, ‘अहिले दशैको दिन पनि गन्तीमा उड्ने गर्छ । चङ्गा भनेको न बच्चा न बुढो सबैले उडाउन मिल्ने खेल हो । हामीले उडाउदा चङ्गा कसको काट्ने भनेर खेल्थ्यौ तर अहिले सबैजना मोबाइल इन्टरनेटमा व्यस्त छन् ।’

युवाहरु विदेश पलायन भएको कारणले चङ्गाप्रति मोह घटेको छ । सरक्षण गर्नु पर्ने आवश्यकता भइसकेको उहाँले बताउनुहुन्छ । प्रकाशको जस्तै ग्वार्कोमा अन्य चङ्गा पसलहरुको अवस्था पनि उस्तै छ । भदौको पहिलो हप्तादेखि स्टेशनरी उपहार पसलहरुले फाट्टफुट्ट लिन आउने गर्छन् । तर अहिले व्यापार पहिलेका वर्ष जस्तो नभएको व्यापाराीहरु बताउँछन । मुख्यता नेपाली बजारमा चङ्गा १० रुपैयाँ देखि एक हजारसम्म पर्छ । त्यस्तै लट्टाइ ४० रुपैयाँदेखि तीन हजारसम्म पर्छ ।

नेपाली बजारमा चङ्गा पुर्ण रुपमा भारतबाट आउने गर्छ । काठमाडौं जिल्लामा मात्र एक सिजनमा २५ देखि ३० करोडको चङ्गा र चङ्गाको सामग्रीहरु भारतबाट आयात हुने गर्छ । चङ्गा उडाउनका लागि त्यही अनुसारको मौसम अनुकुल हुनपर्छ । घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र चङ्गा उडाउन सकिन्छ । नेपालमा मुख्य गरी दशैको समयमा घरको कौशिमा बसेर उडाइने गरिन्छ । काठमाडौं टेकुुका सुमन मानन्धर दशैको समयमा कौशीमा बसेर साथीभाईसँग चङ्गा चेट गर्दै आउनुभएको थियो ।

तर पछिल्लो वर्षयता उहाँको चङ्गा घरमा थन्किएर बसेको छ । ‘पहिला घरमा बसेर कौशीबाट अरुको चङ्गा काट्न मज्जा आउथ्यो,’ उहाँले भन्नुभयो, ‘तर अहिले चङ्गा कता उडाएको छ भनेर खोज्न हिड्नु पर्ने भएको छ ।’ पछिल्लो समयमा धेरै साथीहरु इन्टरनेटमा मज्जा लिने भएकाले पनि चङ्गा खेल्न आउनै छाडिसकेको उहाँले बताउनुभयो ।

अबको केही वर्षमा चङ्गा उडाएको देख्न नपाइने हो कि भन्नेमा उहाँ चिन्तित हुनुहुन्छ् । पछिल्ला वर्षमा केही बाल क्लब, संस्थाहरुले दशैं नजिकिदै गर्दा चङ्गा चेट कार्यक्रम राखेर सरक्षणमा लागेको पाइन्छ । काठमाडौं उपत्यकामा विशेषगरी अग्ला स्थान र खुल्ला ठाउँहरुमा चङ्गा उडाउन जाने गर्छन् । किर्तिपुरको चोभार, ललितपुरको लाकुरीभन्जयाङ, भक्तपुरको नगरकोटलगायत स्थानमा चङ्गा उडाउन जाने गर्छन् । यो तस्विर कथा नेपाल फोटो लाइब्रेरीका मनिष अर्यालले लेख्नुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?