गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने प्रयास गरिरहेको बताउनु भयो । उहाँले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताउनु भयो । उहाँले अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन आग्रह गर्नुभयो ।

उहाँले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्रै देख्ने परिपाटी रहेको भन्दै यस्तो समस्या समाधान गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेतृत्व भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको छ । त्यसमाथि प्रहार भइरहेको छ । जनयुद्ध गर्नु गल्ती थियो, हिंसा थियो । त्यो अपराध थियो । एउटा एंगल तपाईहरुले सुनिरहनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गलत थियो, त्यसलाई उल्ट्याउनुपर्छ भन्ने अर्को कोण तपाई हामीले देखिरहेका छौँ । सुनिराखेका छाँै । र यो परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्छ भन्ने अर्को पक्ष पनि छ । एकथरी मानिसहरु यो परिवर्तनका वाहकहरुलाई विद्रुपीकरण गर्ने, तिनलाई बदुनाम गर्ने कुनै तरिकाले तिनको प्रभावलाई, एजेण्डालाई कमजोर पार्ने कसरत भइरहेको छ । त्यसलाई मद्दत दिने गरी हाम्रा आभिव्यक्ति हुने की यो परिवर्तनको रक्षा गर्नेहरुको पक्षमा हुने भन्ने फैसला सबै क्रान्तीकारीहरुले गर्नुपर्छ । अहिले राम्रा काम भएको हामीले खोज्न थालेका छाँै । नराम्रा मात्रै देख्न थालेका छौँ । यो के भएको हो ? सोचको समस्या हो की लिडरसिपको समस्या हो ? लिडरसिप भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा हो ।’

प्रधानमन्त्री दाहालले दक्षिणपन्थीहरुले देशमा टाउको उठाउने खतरा रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?