बझाङमा भूकम्पले घर छाएको स्लेट खसेर एक जना घाइते

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर आएको भूकम्पको धक्काले घर छाएको स्लेट खसेर एक वृद्ध घाइते भएका छन् ।

शनिबार बिहान ११:४५ मा भूकम्प आउँदा घर छाएको स्लेट खसेको र आँगनमा बसिरहेका मष्टा–४ का सुको फराडा घाइते भएका हुन्।

उहाँको हातमा चोट लागेर नशा च्यातिएको भातेखोला स्वास्थ चौकीलाई उद्धत गर्दै मष्टा – ४ का वडा अध्यक्ष उत्तम जोशीले बताउनु भयो । उहाँको भातेखोला स्वास्थ चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेत ल्याइँदै छ ।

बझाङमा शनिबार बिहान ११:४५ बजे भातेखोला केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केल भुकम्प धक्का महशुस भएको थियो भने दिउँसो १२:३२ बजे पुनः तल्कोट गाउँपालिकाको धमेना आसपास केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भुकम्प गएको थियो ।

बझाङमा निरुन्तर भुकम्पको कम्पन भइरहेको छ । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २१ पुगेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?