ललितपुर । दृश्य बहुउद्देश्यीय सहकारीले दुग्ध किसानलाई अनुदान वितरण गरेको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप लिटर अनुदान कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/०७९ का लागि प्राप्त अनुदान वितरण गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतको उपस्थितिमा अनुदान वितरण गरिएको सहकारीका अध्यक्ष प्रहृलाद दाहालले जानकारी दिनुभयो ।
सो अवसरमा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरका प्रमुख कृष्ण कार्की र ललितपुर महानगरपालिकाका कार्यबाहक अध्यक्ष कृष्ण महर्जनलगायत किसानहरूको उपस्थिति रहेको थियो । सहकारीले अनुदानस्वरूप प्राप्त १८ लाख २६ हजार छ सय ६१ रुपैयाँ एक सय आठ किसानलाई वितरण गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच