भोजपुर बार एशोसियसनमा राम कुमार

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । नेपाल बार एशोसियसन भोजपुर जिल्ला अदालतमा अधिबक्ता रामकुमार राईको नेतृत्वमा ११ सदस्यीय कार्य समिति बनेको छ । आगामी दुई बर्षको कार्यकालका लागि आइतवार अदालत बार एकाईलाई नेतृत्व चयन गरिएको हो ।

जिल्ला बार एकाईको लागि अधिबक्ताहरुबाट उपाध्यक्षमा भिषण श्रेष्ठ, सचिव तीर्थ कुमार राई, सह सचिव सविना राई र कोषाध्यक्षमा जिता मुकारूङलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा अधिबक्ताहरु खगेश्वर भट्टराई, भूमि कुमार नेपाल, दावा तेन्जिङ शेर्पा, उत्तम सिंह राई, आनन्द कुमार मल्लिक र उमेश प्रसाद कोइरालालाई छनौट गरिएको छ ।

बार एशोसियसनको केन्द्रीय पार्षदमा भने अधिवक्ता प्रकाशचन्द्र शाक्य चुनिनु भएको सचिव तीर्थ कुमार राईले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?