थाक्रेमा वडास्तरीय फुटबल हुने

हिमालय टाइम्स
Read Time = 1 min

धादिङ । दशैँको अवसर पारी यही असोज २८ गतेदेखि धादिङको थाक्रे गाउँपालिकामा वडास्तरीय नाइन ए साइड पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा पालिकाका प्रत्येक वडाबाट एक-एक टिम र आयोजकको एक टिम गरी १२ टिमले प्रतिस्पर्धा गर्ने जिल्ला फुटबल संघ धादिङका सचिव उपेन्द्र डी लामाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उट्घाटन खेल थाक्रे जनप्रतिनिधि र थाक्रे कर्मचारीबीच मैत्रीपूर्ण खेलबाट हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार, द्वितीयलाई ३३ हजार र तृतीय हुनेलाई ११ हजार नगद पुरस्कार रहेको छ ।

पछिल्लो समय धादिङ जिल्ला खेल क्षेत्रमा निकै अगाडि बढेको छ । विभिन्न प्रतियोगितामा धादिङले आफ्नो छुट्टै पहिचान बनाउनसमेत सफल भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?