बससेवा डटकममा दशैँका लागि अग्रिम टिकट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अनलाइनबाट बस टिकट सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला गरेको छ । बुकिङ खुलासँगै यात्रुले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दशैँमा गएका यात्रुले फर्कन पनि बससेवाबाटै टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताउनुभएको छ । बससेवामार्फत् दैनिक ४० हजारभन्दा धेरै टिकट बुकिङ गर्न सकिने बताइएको छ । साथै बससेवामार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन पाँचजनालाई शतप्रतिशत क्यासब्याक अफरसमेत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?